धन एक यस्तो शब्द जसको नाम सुन्ने बित्तिकै हामी आफ्नै नयाँ दुनियाँमा प्रवेश गर्छौ हामी सोच्छौ कि काश म धनी हुन पाए म यो गर्थे त्यो गर्थे नयाँ कपडा किन्थेँ। सुविधाजनक कार किन्थेँ। आफ्नो बालबच्चालाइ महङ्गो बिधालयमा पढाउथेँ। समाज सेवा गर्थेंँ यस्तै आदि इत्यादि। तर हामिलाइ यो थहा नै हुदैन कि आखिर धन सम्पत्ति कसरी कमाउने भनेर। मलाइ थहा छ तपाइँहरु सोच्दै हुनुहुन्छ होला कि धन सम्पत्ती कमाउन कठिन छ, यसको लागि धेरै मेहनत गर्नुपर्छ, उमेर पनि 20 बर्ष पारी हुनुपर्छ, हामी त अहिले सानो छौ हामिलाइ सम्पत्तिको आवस्यकता नै छैन,सम्पत्ती त ठूलो भएपछि कमाउने हो सम्पत्ति कमाउन त राम्रो संग पढ्नुपर्छ अनि जागिर खानुपर्छ या सानोतिनो पसल चलाउनु पर्छ आदि इत्यादि। एक हिसाबले भन्ने हो भने यस्तो सोच्नु ठिकै हो तर पुर्ण रुपले यस्तो सोच्नु गलत हो किनकी सम्पत्ति कमाउनका लागि तपाइले आफ्नो उमेर कुरिराख्नु पर्दैन र तपाईं अहिले जे काम गरि राख्नु भएको छ त्यो कामलाइ छोड्नु पनि पर्दैन त्यसैले आजको यस Blog मा म तपाइँहरुलाई कसरी घरमै बसेर सम्पत्ति कमाउन सकिन्छ भन्ने विषयमा केही कुरा प्रस्तुत गर्दै छु। कृपया ध्यान दिएर पढ्नु होला।
घरमै बसेर सम्पत्ति कमाउने तरिका निम्न लिखित छन:
1) Vidio,photo editing : यदि तपाईंसँग vidio तथा photo editing गर्ने कला छ भने तपाईं घरमै बसि बसि पैसा कमाउन सक्नु हुन्छ यसको लागि तपाईं विभिन्न youtube vidio तथा विभिन्न webesite बाट पनि कसरी photo एवंं vidio editing गर्ने भनी सिक्न सक्नुहुनेछ यदि तपाईं इच्छुक हुनुहुन्छ भने। यदि तपाइले editing सिक्नुभयो भने तपाईं vidio editor एवम् photo editor को रुपमा काम गर्न सक्नुहुन्छ। यदि तपाईं vidio editor बन्नु भयो भने तपाइले अरुको तथा आफ्नो vidio edit गरि youtube मा upload गर्न सक्नु हुन्छ यसमा तपाइलाइ राम्रो सम्मान र पैशा कमाउनु हुनेछ।
2) युटुब च्यानल खोलेर भिडियो बनाउनुहोस: अहिलेको समय भनेको घरमै बस्ने समय हो किनकी अहिले देशमा कोरोना भाइरसको महामारी बढ्दो छ त्यसैले पैशा कमाउने राम्रो तरिका मध्य Youtube पनि एक हो। यसको लागि तपाइँ सङ्ग नियमित रुपमा youtube मा vidio upload गर्ने क्षमता हुन आवस्यक छ। यदि तपाइ संग कमेडी भिडियो बनाउने शैली छ भने तपाईं कमेडी भिडियो बनाउन सक्नु हुन्छ त्यसैगरी यदि तपाइलाइ cooking गर्न मन पर्छ भने cooking संग सम्बन्धित भिडियो बनाउन सक्नुहुन्छ त्यसैगरी educational, science and technology सम्बन्धि भिडियो बनाउन सक्नु हुने छ। तर मलाइ थहा छ कि youtube मा तपाइको vidio मा कम views आउनेछ। तर तपाईमा धैर्यता एबं टिकिराख्न सक्ने क्षमता हुन आवस्यक छ। तपाइले youtube लाई पैसाको लागि भन्दा पनि आफ्नो इच्छाको रुपमा लिनुपर्ने छ। यदि तपाई हप्ताको एकपटक राम्रो youtube भिडियो नियमित upload गर्नु हुन्छ र तपाईं आफैले धेरै व्याक्तिलाइ आफ्नो भिडियो share गर्नु हुन्छ भने तपाइको एक देखि डेड बर्ष भित्रमा earning हुन सक्छ।

3) Blogging : यदि तपाईं संग कुनै पनि क्षत्रमा केही ज्ञान छ भने तपाईं एक blogger बन्न पनि सक्नु हुन्छ। जस्तो म पनि एक blogger नै हु। यदि तपाईं डाक्टर हुनुहुन्छ भने तपाईं स्वास्थ संग सम्बन्धित blog लेख्न सक्नुहुन्छ। यदि तपाइलाइ कथा,कबिता तथा गित लेख्ने इच्छा भने तपाइको लागि blog उपयुक्त हुन सक्छ त्यसैगरी तपाईं संग educational tallent छ भने पनि तपाईं पढाइ संग सम्बन्धित blog लेख्न सक्नु हुन्छ। यसको लागि तपाइले एक blog account खोल्नु पर्ने हुन्छ यसको लागि तपाईं विभिन्न youtube vidio को सहारा लिन सक्नु हुन्छ। यदि तपाइले blog बनाएर नियमित रुपमा publish गर्नु हुन्छ भने तपाईं एक राम्रो blogger बन्न सक्नु हुन्छ। र घरमै बसेर पैसा कमाउन सक्नुहुन्छ र तपाइलाइ मान सम्मान पनि प्राप्त हुन्छ।

4) stock market : यदि तपााईं economics को student हुनुहुन्छ भने तपाइले इपुजि बजारको बारेमा पढ्नु भएको होला र तपाइले शेर,डिबेन्जर,बण्ड आदिको बारेमा सुन्नु भएको होला यदि तपाईं संग stock market सम्बन्धि knowledge छ भने तपाईं आफ्नो आम्दानीको केही प्रतिशत stock market मा लगानी गर्न सक्नु हुन्छ। तर यसको लागि stock market सम्बन्धि ज्ञान हुन आवश्यक छ।
5)Making mobile app: यदि तपाईं technical क्षत्रमा इच्छुक हुनुहुन्छ भने तपाईं एक mobile app पनि बनाउन सक्नुहुन्छ। यसको लागि तपाइले एउटा क्षत्र छान्नु पर्छ र त्यही संग संबंधित एउटा mobile app बनाउनु पर्छ जस्तो gaming app तथा educarional app यदि तपाइले app बनाएर play store मा राख्नुभयो भने तपाइलाइ उक्त app को active users अनुसार पैसा आउन सुरु हुन्छ। यसको लागि तपाईं विभिन्न website तथा youtube vidio हेर्न सक्नुहुन्छ।
यदि तपाइले माथी उल्लेख गरिएको बुदाहरु मध्य कुनै एक बुदालाइ मात्र आफ्नो लक्ष्य निर्धारण गर्नु भयो भने पनि तपाईं घर बसि बसि कम्तिमा पनि माशिक रु 40 हजार कमाउन सक्नुहुन्छ तर यसको लागि तपाईंमा धैर्यता र आफ्नो काम प्रती माया एवं यस क्षत्रमा केही ज्ञान हुन आवश्यक छ। तर यसको लागि तपाइले यस क्षत्रमा मेहनत चाहिँ गर्नै पर्छ।
Comments
Post a Comment